FAQs Complain Problems

सडक उपयोग शुल्क संकलन सम्बन्धि जरुरी सार्वजनिक सुचना

श्री साउथ एसियन कन्सल्टेन्सी एण्ड विल्डर्स, नागार्जुन न.पा.–४, काठमाण्डौँ,
श्री सनराईज कन्स्ट्रक्सन, मथिनाकोट–७, काभ्रे, श्री सत्यश्वरी निर्माण सेवा, कार्याविनायक न.पा.–४, ललितपुर ।

सडक उपयोग शुल्क संकलन सम्बन्धि जरुरी सार्वजनिक सुचना
    
यस धुनिवेशी नगरक्षेत्रका प्याकेज नं. १, २ र ३ अन्तरर्गत पर्ने सडकहरुमा आ.व.०७५÷०७६ को लागि  सडक उपयोग शुल्क संकलनको लागि अनुमति दिइएकोमा शुल्क उठाउने फर्महरुबाट दोहोरो÷तेहोरो शुल्क उठाएको, नगरपालिकाबाट निणर्य गरी सम्झौतामा उल्लेख भएको भन्दा बढी दरमा शुल्क उठएको, आ–आफ्नो प्याकेज अन्तरगतका सडकहरुमा शुल्क नउठाई अर्काको प्याकेज क्षेत्रमा गई उठाएको, सुचनामा उल्लेखित सडकमा मात्र उठाउनु पर्नेमा सम्झौतामा उल्लेख नभएका व्यक्तिका घर आँगनमा जाने सडकमा उठाएको, लगायतका विषयमा नगरपालिकामा जनगुनासो आएकोले यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । अव उप्रान्त दोहोरो÷तेहोरो शुल्क नउठाउन, सेवा ग्राहीसँग सम्मानपुर्वक व्यवहार गर्नु÷गराउनुहुन, आफ्नो प्याकेज क्षेत्र अन्तरगत मात्र शुल्क उठाउन, अर्को प्याकेजको क्षेत्रमा गई शुल्क नउठाउन, सम्झौतामा उल्लेख नभएका सडकहरुमा शुल्क नउठाउने, एक पटकमा एउटा प्याकेज अन्तरर्गत शुल्क तिरीसकेकोमा अर्को प्याकेज क्षेत्रमा प्रवेश गर्दा वा बाहिरिँदा शुल्क नलिनुहुन र तपाईहरुलाई दिएको कार्यादेश बमोजिमका सडक बाहेक अन्यत्र सम्झौता विपरित शुल्क उठाएमा नगरपालिकाले कानूनी कारवाही गर्न नगरपालिका बाध्य हुने व्यहोरा यसै सुचनाद्धारा जानकारी गराईन्छ । साथै वडा कार्यालयहरुलाई यसै सुचना अनुसारको गर्नु गराउनुहुन अनुरोध छ ।

धुनिवेशी नगरपालिका
खानीखोला, धादिङ
 

आर्थिक वर्ष: