FAQs Complain Problems

मिति २०७५/०९/०३ गते बसेको नगर कार्यपालिकाको बैठकका निर्णयहरुः–

१) धुनिवेशी नगरपालिका स्थित वडा नं. ७ मा रहेको नैविसे स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी तत्काल १५ शैयाको अस्पताल सञ्चालन गर्ने र थप पुर्वाधार निर्माणको लागी जग्गाको व्यवस्थापन गर्ने निर्णय गरिएको ।
२) अपाङगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि–२०७५ स्विकृत भएको ।
३) ईटा उद्योगहरुबाट सिर्जित कच्ची सडकको धुलो नियन्त्रण गर्न इट्टा उद्योग र नगरपालिकाको साझेदारीमा अन्तयन्तै वढी धुलौटे एवं कच्ची सडकमा ट्याङकर मार्फत पानी हाल्ने निर्णय भएको र यसको लागि बजेट विनियोजन गरिएको ।
४) सबै वडा कार्यालयहरुले यही पौष १४ गते भित्र आ–आफ्नो वडामा खुल्ला दिशामुक्त वडा घोषणा गर्ने निर्णय भएको ।
५) धुनिवेशी नगरको शिक्षा सम्बन्धी ऐन कानून तर्जुमा गर्न सुझाव दिन शिक्षा शाखाका प्रमुख श्री रामचन्द्र इटनीको संयोजकत्वमा १५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी शिक्षा ऐन कानून सुझाव एवं मस्यौदा गठन गरिएको त्यसका सदस्यहरु निम्न अनुसार रहेका ।
तपसिलः–
१) रामचन्द्र इटनी (शिक्षा शाखा प्रमुख)             संयोजक
२) केशव पौडेल (विद्यालय निरिक्षक)             सदस्य
३) प्रेम कुमारी मल्ल (विद्यालय निरिक्षक)             सदस्य
४) राम चन्द्र आचार्य (भूतपुर्व प्र.अ.)             सदस्य
५) राजकुमार कुँवर (भूतपुर्व प्र.अ.)             सदस्य
६) अर्जुन आचार्य (ने.रा.शि.संघ)                 सदस्य
७) किरण कुँवर (ने.शि.सं)                 सदस्य
८) मोहन कोइराला (एन्टो)                 सदस्य
९) घनश्याम अधिकारी (विषय शिक्षक)             सदस्य
१०) गोवर्धन गोदार (विषयञ शिक्षक)             सदस्य

६) एकिकृत शहरी विकास योजनाको लागि ३० करोड भन्दा बढी लागत अनुमान हुने आयोजनाको सम्भाव्यता अध्ययन गर्नको लागि २ ओटा परियोजनालाई सम्भाव्यता अध्ययन गर्न स्वीकृति प्रदान गरिएको ।
१) पिपलमोड–महेशफाँट–रमाइलोचौर कोल्पु सडक
२) पर्यटन पुर्वाधार (वच्छलादेवी मन्दिर (वडा नं.१), कोटाकालिका (वडा नं.४), देवी देउराली र गोरखनाथ बाबा मन्दिर (वडा नं.५), पर्यटन पार्क वडा नंं.५, तोप्लाङ वडा नं.७, होमस्टे (वडा नं.७), खर्केडाँडा पिकनिक स्पट (वडा नं.८)
७) कर्मचारी समायोजन अध्ययादेश २०७५ बमोजिम संघिय मामिला तथा सामान्य प्रसाशान मन्त्रालयको परिपत्र अनुसार श्री मिलनकुमार सुवेदी समेत साविकका स्थानीय तहका कर्मचारीहरलाई समायोजन गर्ने निर्णय गरिएको ।
८) समपुरक कोष कार्यक्रम अन्तरगत केन्द्र र प्रदेशको लागत सहभागीतामा सञ्चालन हुने ३ ओटा योजनाहरु स्विकृत भएको ।
            १) धार्के आचार्य पोखरी कोल्पु सडक निर्माण रु.१ करोड ६६ लाख (कार्यविधिले तोकेको ६० प्रतिशत लागत रु.१ करोड धुनिवेशी नगरपालिका रु.६६ लाख अर्थ मन्त्रालयबाट व्यहोर्ने )
           २) रेशमखेती, मच्छिन्द्रावन, कोइरालाटार चालिसे सडक निर्माण रु.१ करोड ६६ लाख (कार्यविधिले तोकेको ६० प्रतिशत लागत रु.१ करोड धुनिवेशी नगरपालिका रु.६६ लाख अर्थ मन्त्रालयबाट व्यहोर्ने )

       प्रदेश समपुरक अनुदान सम्बन्धी कार्यविधि–२०७५ले तोके बमोजिमको 
        ३) भुवनेश्वरी खेलमैदान पुर्वाधार निर्माण पुरानो धार्के, वडा नं.५ रु.१ करोड४० लाख (आयोजनाको ५० प्रतिशत ले हुन आउने रु.७० लाख धुनिवेशी नगरपालिकाले व्यहोर्ने बाँकी ७० लाख प्रदेश समपुरक कार्यक्रमबाट व्यहोर्ने)
९) छत्रेदेउराली स्वास्थ्य चौकीमा सेवा करारमा कार्यरत अनमी गंगा न्यौपानेले मिति २०७५÷०९÷०१ गते देखी लागु हुने गरी राजिनामा दिनुभएकोले उक्त स्थानमा मिति २०७४÷०९÷०५ गतेको करारमा अनमी भर्ना सम्बन्धी समितिबाट बैकल्पिक १ नं.मा     सिफारिस अनमी श्री कल्पना गिरीलाई सेवा करारमा नियुक्ति दिने निर्णय भएको ।

१०) यस नगरपालिकामा बसोबास गर्ने जनताहरुको सुविधाको लागि नगरिकता वितरण सहितको घुम्ती शिविरमा स्वास्थ्य शिविर, कृषि र भेटेनरी सेवा, अपाङ्गता परिचयपत्रको लागि निवेदन संकलन, जेष्ठ नागरिक परिचयपत्र वितरण, व्यापारिक फर्महरुको दर्ता नविकरण, सिफारिस, राजस्व संकलन लगायतका सेवा प्रदान गर्ने गरी निम्न मिति र स्थानमा एकिकृत घुम्ती शिविर संचाल गर्ने निर्णय गरियो । नागरिकता वितरण गर्ने टोली खटाई आवश्यक सहयोग गरिदिनुहुन जिल्ला प्रशासन कार्यालय धादिङलाई अनुरोध गर्ने निर्णय भएको ।
सि.नं.    मिति                   स्थान
१         २०७५/०९/१८        ४ नं. वडा कार्यालय, जिवनपुर, भञ्ज्याङ
२         २०७५/०९/१९         ज्वालामुखी आधारभुत विद्यालय, धुनपा.–८, ठाँटी

११) धार्के चालिसे बजारको सडक पेटी निर्माण सम्बन्धी कार्यको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको ।
१२) उद्यमशिलता प्रवर्धन कोष कार्यविधि मस्यौदा समितिले यथासिघ्र कार्यविधि बनाई पेश गर्ने निर्णय भएको ।
१३) सामाजिक विकास समितिलाई फोहोर विसर्जन गर्ने स्थलको पहिचान गर्न  र यथासिघ्र समस्या समाधान सहितको आफ्नो प्रतिवेदन पेश गर्ने निर्णय भएको ।
१४) यस धुनिवेशी नगरका नगरवासीहरुलाई एम्बबुलेन्स सेवा प्रदान गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पृथ्वी राजमार्ग इकाई धादिङ यस धुनिवेशी नगरपालिकाको समान लागत साझेदारीमा नयाँ एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने निर्णय भएको ।
 

आर्थिक वर्ष: