FAQs Complain Problems

सार्वजनिक सुचना सम्बन्धमा ।

प्रस्तुत विषयमा यस धुनिवेशी नगरपालिका वडा नं.७ र ८, स्थित रहेको खानीखोला, बजारका आसपासबाट कुहिने तथा नकुहिने फोहोर र पशुवधबाट निस्कने फोहोर जथाभावी रुपमा बजार क्षेत्र वरपर, बजार स्थित रहेका नगरपालिका कार्यालय नजिकै रहेको ठाडो खोला तथा नालीहरुमा फाल्नाले बजार क्षेत्र अत्याधिक दुर्गन्धित भएको भनि स्थानियहरुको तिब्र गुनासो आएको र कातिपय स्थानमा सेफ्टी ट्यांङकी समेत सिधै खोलामा मिसाएको पाइएको हुँदा बजार क्षेत्रमा विभिन्न रोगहरुको संक्रमण फैलने र शहरी सौन्दर्य समेत नराम्ररी प्रभावित भएकोले नगरवासीहरुलाई कुहिने फोहोर खेती तथा करेसाबारीमा व्यवस्थापन गर्ने र नकुहिने फोहोरहरु घरमै संकलन गरी व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित सुचनाको उल्लंघन गरी पुनः त्यस्तो कार्य गरेमा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद ९ को दफा ३८ बमोजिमको कसुर मानी दफा ३९ बमोजिमको सजाय हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

.............................
(राजेन्द्र बहादुर अर्याल)
प्रमुख प्रशासकीय अधिकृत
वोधार्थ एवं कार्यारर्थः–
श्री ७ र ८ नं. वडा कार्यालय, खानीखोला, धादिङः– आ–आफ्नो वडा भित्रका खोला, खोल्सीहरुमा फोहोर फाल्न निषेध गर्ने कार्यक्रमहरु सञ्चालन गर्नुहुन अनुरोध छ ।
 

आर्थिक वर्ष: