FAQs Complain Problems

एकिकृत घुम्ती शिविर कार्यक्रम सम्बन्धी प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

धुनिवेशी नगरपालिका नगर कार्यापालिकाको मिति २०७५ पौष ३ गते को निर्णय अनुसार यस धुनिवेशी नगरपालिकामा बसोबास गर्ने नगरवासीहरुको सुविधाको लागि धुनिवेशी नगरपालिकाको कार्यालय खानीखोला र जिल्ला प्रशासन कार्यालय धादिङको संयुक्त आयोजनामा आज मिति २०७५ पौष १८ गते यसै नगरको वडा नं. ४ को वडा कार्यालय जिवनपुर भञ्ज्याङमा घुम्ती शिविर सञ्चालन गरियो । सो शिविरमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट नागरिकता वितरण, धुनिवेशी नगरपालिका अन्तर्गतका विभिन्न शाखाहरु बाट स्वास्थ्य सेवा, कृषि तथा भेटेनरी सेवा, अपाङ्गता परिचयपत्रको लागि निवेदन संकलनको लागि अनुसुचि फारम वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरण सम्बन्धी सेवा प्रदान गरियो । कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्री भगिरथ पाण्डेयज्यूले धुनिवेशी नगरपालिका वडा नं.५ मा बसोबास गर्ने अपाङ्गता भएकी वर्ष ३२ की मिनु परियारलाई नागरिकता वितरण र नगर प्रमुख श्री बालकृष्ण आचार्यज्यूबाट जेष्ठ नागरिक परिचय पत्र वितरण गरि शुभारम्भ गर्नुभएको थियो । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख, इलाका प्रहरी कार्यालय खानीखोलाका कार्यालय प्रमुख, एभिन्यूज टेलिभिजन तथा कृषि रेडियो र रेडियो राजमार्गका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट देहायबमोजिम सेवा प्रदान गरिएको व्यहोरा अनुरोध छ । ४ बजे सम्मको सेवा प्रवाह स्थिति यस प्रकार रहेको छ । 
१)  नागरिकताको प्रमाण पत्र १८२ जना सेवाग्राहीहरुलाई वितरण गरियो । सो कार्य जारी नै रहेको छ ।
२) जेष्ठ नागरिक परिचय पत्र ४४ जनालाई प्रदान गरियो ।
३) कृषि सेवा तर्फ १०५ जना कृषकका ४८० ओटा बाख्रालाई नाम्ले र जुकाको औषधी वितरण, ६०–७० ओटा गाई भैसी लगायत पशुचौपायलाई निशुल्क औषधी वितरण गरियो । सेवा माग्ने ७० जना कृषकहरुलाई कृषि सम्बन्धी आवश्यक परामर्श सेवा उपलब्ध गराइएको छ ।
४) पाठेघर सम्बन्धी स्वास्थ्य जाँच २२ जना सहित १०२ जनालाई अन्य एकिकृत स्वास्थ्य सेवा प्रदान गरिएको थियो । त्यस मध्ये ५२ जनाको सुगर परिक्षण गरियो । नेपाल सरकारबाट निशुल्क घोषणा गरिएका औषधी समेत आवश्यकता अनुसार वितरण गरिएको छ ।
५) सम्बन्धीत वडा कार्यालयहरुले स्थलगतरुपमा वडा कार्यालयको डेक्स खडा गरी सिफारिस लगायतका सेवाहरु प्रदान गर्नुभएको थियो ।
६) नगरबाट सञ्चालन हुने २ ओटा योजनाको उपभोक्ता सँग सम्झौता गरियो ।

मिति २०७५ पौष १९ गते विहान ८ बजे देखी धुनिवेशी नगरपालिका वडा नं.८ ठाँटी स्थित ज्वालामुखी आधारभुत विद्यालयमा संयुक्त घुम्ती शिविर सञ्चालन हुने व्यहोरा समेत सम्बन्धीत सबैलाई अनुरोध छ । सो कार्यक्रममा सेवा लिन इच्छुक नगरवासी सम्पुर्णलाई उपस्थित भईदिनुहुन समेत अनुरोध गरिन्छ ।

राजेन्द्र बहादुर अर्याल
प्रमुख प्रशासकीय अधिकृत
 

आर्थिक वर्ष: