धुनिवेशी नगरपालिकाबाट जारी भएको जरुरी सूचना

नेपालको संविधान तथा राष्ट्रिय समावेशी आयोग ऐन २०७४ ले व्यवस्था गरे बमोजिम राष्ट्रिय समावेशी आयोगमा खस आर्य जातीका ६६७ थरहरु सूचिकृत भएका छन् । उक्त थरहरु बाहेक सूचिकरणमा नपरेका खस आर्य जातीका अन्य थरहरु भए सूचिकरणका लागि नगरपालिका मार्फत सिफारिस गरी पठाउनु पर्ने भएकाले वडा कार्यालय मार्फत वा सिधै नगरपालिकामा सम्पर्क गरी छुट भएको थर टिपाई दिनु हुन सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।