नेपालको राजधानी काठमाण्डौंको प्रवेशद्धारमा अवस्थित धुनिवेशी नगरपालिकाको स्थापना वि.स.२०७३ साल फाल्गुण २७ गते भएको हो । नेपालको संविधान अनुसार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न नेपाल सरकारवाट गठन भएको आयोगको सिफारीस र नेपाल सरकारको निर्णय अनुसार राजपत्रमा सूचना प्रकाशन भई नगरपालिकाको सिमाना र क्षेत्र कायम भएको हो ।
वागमती प्रदेशको धादिङ जिल्लामा पर्ने यो नगरपालिका संघीय राजधानी काठमाडौंबाट २० कि.मी र जिल्ला सदरमुकाम धादिङवेशीवाट ७० कि.मी.को दुरीमा रहेको छ । यस नगरपालिकाको कुल क्षेत्रफल ९८.६४ वर्ग किमी रहेको छ ।नगरपालिकामा जम्मा ९ वटा वडा रहेका छन्।२०७८ सालको जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या २९१४९ रहेको भने महिला १४६८१ र पुरुष १४४६८ रहेका छन्।यसको सिमान पूर्वमा चन्द्रगिरी ,नागार्जुन र तारकेश्वर नगरपालिका ,पश्चिममा थाक्रे गाँउपालिका ,उत्तरमा वेलकोगढी नगरपालिका र दक्षिणमा थाहा नगरपालिका पर्दछन्।