मितिः– २०७५/०३/१८
विषय – धन्यवाद पत्र ।
श्री केशव प्रसाद घिमिरेज्यू,
भरतपुर–१३, पटियानी
गंगानगर, चितवन ।
तपाई मिति २०५० आषाढ ०१ मा निजामती सेवाको कृषि सेवा समुह प्राविधिक सहायक पदमा निजामती कर्मचारीको रुपमा नियुक्ति भई विभिन्न जिल्लामा आफ्नो ज्ञान सीपबाट सेवाग्राहीलाई सेवा प्रदान गरी आफ्नो क्षेत्रसँग सम्बन्धित कृषि विषयको विकासमा योगदान दिनु भएकोमा तपाईले गरेको कामलाई उच्च सम्मान व्यक्त गर्दै यस नगरमा कृषि वागवानी अधिकृतको रुपमा सेवा गर्नुभएकोमा तपाईले पु¥याउनु भएको योगदानलाई धुनिवेशी नगरपालिका र यहाँका कृषक समुदायले सदैव स्मरण गर्नेछन् । वागवानी अधिकृतको पदवाट मिति २०७५/०३/११ मा स्वैच्छिक अवकास हुनु भएकोमा तपाईको सेवा निवृत्त जीवन सुख शान्ति एवम् सु–स्वास्थ्यमय रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
–धुनिवेशी नगरपालिका परिवार