FAQs Complain Problems

भूकम्प प्रभावित परिवारलाई सहुलियतमा इट्टा उपलब्ध गराउने बारे जानकारी - वडा कार्यालय सबै, इट्टा ब्यवसायी संघ धुनिबेशी

यस धुनिबेशी नगरकार्यपालिकाको कार्यालयमा मिति २०७४/१०/२३ गते यस न.पा.का वडा अध्यक्षहरु र इट्टा व्यवसायीहरु रहेको संयुक्त बैठकको निर्णयानुसार गठित कार्यदलको  मिति २०७४/१०/२६ मा बसेको संयुक्त बैठकको निर्णयानुसार  धुनिबेशी नगरपालिका भित्र घर बनाउन बाँकि भुकम्प प्रभावित परिवारलाई प्रति परिवार १०,०००|- (दश हजार) गोटा इट्टाको लागि प्रति गोटा रु. ८|७५ का दरले इट्टा उपलब्ध गराउने भन्ने निर्णय भएको जानकारी सहितको प्रतिबेदन सो कार्यदलका संयोजक एवं ७ नं.वडाका वडा अध्यक्ष श्री केदार प्रसाद पाठक ज्युले यस न.पा. मा पेश गर्नु भएको हुँदा यस नगरपालिका सम्पूर्ण वडा कार्यालय, इट्टा ब्यवसायी संघ र इट्टा ब्यवासायीहरु लाई सो बैठकबाट भएको सहमति र निर्णय कार्यन्वयन गर्नु गराउनुहुन अनुरोध छ | साथै कार्यदलबाट निर्णयभएको उल्लेखित व्यहोरा सम्बन्धित भूकम्प प्रभावित परिवारहरु समेतलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ |

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: