FAQs Complain Problems

लक्षित कार्यक्रम पेश गर्ने बारे अत्यन्त जरुरी सूचना

लक्षित कार्यक्रम पेश गर्ने बारे अत्यन्त जरुरी सूचना (२०७४/१०/०९)

यस नगरपालिका कार्यालयबाट आ.व. २०७४/०७५ मा संचालन हुने सिमान्तकृत, आदिवासी, जनजाती, दलित, महिला, बालबालिका, अशक्त, अपाङ्ग, अल्पसंख्यक र जेष्ठनागरिकहरु  संग सम्बन्धित लक्षित वर्गको योजना तथा कार्यक्रमहरु यस कार्यालयमा पेश गर्न कार्यपालिका बाट मिति २०७४/९ /११   मा निर्णय भइ सम्बन्धित वडा कार्यालयहरुमा १५ दिनको समय दिई निर्णय पठाइ सकिएकोमा  हालसम्म उक्त लक्षित कार्यक्रमहरु यस नगरपालिकाको कार्यालयमा पेशहुन नआएकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र (२०७४/१० /१५)   योजना तथा कार्यक्रम पेश गर्न सम्बन्धित वडा कार्यालयहरुलाई जानकारी गरिएको छ | तोकिएको समयभित्र सम्बन्धित लक्षित बर्गको कार्यक्रम पेशहुन नआएमा कार्यालय जवाफदेही नहुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गरीएको छ |

आर्थिक वर्ष: