यस धुनिबेशी नगरकार्यपालिकाको कार्यालयमा मिति २०७४/१०/२३ गते यस न.पा.का वडा अध्यक्षहरु र इट्टा व्यवसायीहरु रहेको संयुक्त बैठकको निर्णयानुसार गठित कार्यदलको मिति २०७४/१०/२६ मा बसेको संयुक्त बैठकको निर्णयानुसार धुनिबेशी नगरपालिका भित्र घर बनाउन बाँकि भुकम्प प्रभावित परिवारलाई प्रति परिवार १०,०००|- (दश हजार) गोटा इट्टाको लागि प्रति गोटा रु. ८|७५ का दरले इट्टा उपलब्ध गराउने भन्ने निर्णय भएको जानकारी सहितको प्रतिबेदन सो कार्यदलका संयोजक एवं ७ नं.वडाका वडा अध्यक्ष श्री केदार प्रसाद पाठक ज्युले यस न.पा. मा पेश गर्नु भएको हुँदा यस नगरपालिका सम्पूर्ण वडा कार्यालय, इट्टा ब्यवसायी संघ र इट्टा ब्यवासायीहरु लाई सो बैठकबाट भएको सहमति र निर्णय कार्यन्वयन गर्नु गराउनुहुन अनुरोध छ | साथै कार्यदलबाट निर्णयभएको उल्लेखित व्यहोरा सम्बन्धित भूकम्प प्रभावित परिवारहरु समेतलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ |