धुनिवेशी नगरपालिकाको आ.ब. ०७४÷७५ को स्वीकृत कार्यक्रम अनुसार लक्षित समुदायहरुको लागि देहायका कार्यक्रमहरु संचालन गर्नुपर्ने भएकोले निम्न योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई २०७५ जेष्ठ १ गते भित्र नगर कार्यापालिकाको कार्यालय, खानीखोला वा आ–आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।
साथै धुनिवेसी नगरका विभिन्न स्थानमा हुने उक्त कार्यक्रमहरु संचालन गर्न ईच्छुक सरकारी निकाय, सहकारी संस्था, फर्म वा कम्पनी, गैर सरकारी संस्थाहरुवाट तालिम संचालनको अनुभव र तालिम दिने व्यक्तिको वैयक्तिक विवरण सहितको प्रस्ताव सोही अवधि भित्र प्रस्ताव पेश गर्न हुन समेत सूचित गरिन्छ ।